Logo

कर्पोरेट फोकस

सर्वसाधारणको लागि एक दर्जन जलविद्युत कम्पनीको आईपीओ आउँदै



सर्वसाधारण र स्थानिहरुलाई लक्षित गरी एक दर्जन जलविद्युत् कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । कम्पनीहरुले सेयर निष्कासन अनुमति लिन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन हुनेछ । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गर्नुपर्ने प्रावधान रहेको छ ।

अहिले जलविद्युत कम्पनी मात्र नभइ अन्य क्षेत्रका कम्पनीले पनि आईपीओ निष्कासन अनुमतिको लागि बोर्डमा आवेदन दिएका छन् । जसरमा १२ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र दुईरदुईवटा बिमा र ‘अन्य’ क्षेत्रका कम्पनी गरी जम्मा २० वटा कम्पनी रहेका छन् । बोर्डले दिएको जानकारी अनुसार २० वटा एकसय दरका ५ करोड २३ लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्नेछन् ।

आईपीओ जारी गर्न अनुमति लिन आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिभर फल्स पावर, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, दोर्दीखोला जलविद्युत्, बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेड कम्पनीले स्थानीयवासी र सर्वसाधारण दुवैका लागि सेयर ल्याउन लागेका छन् । तीमध्ये बिन्ध्यवासिनी, हिमालयन, बलेफी र ग्रिन भेन्चरको आवेदनमाथि धितोपत्र बोर्डले प्रतिक्रिया पनि पठाइसकेको छ । बाँकी कम्पनीको आवेदन प्रारम्भिक अध्ययनको चरणमा रहेको जनाइएको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीमध्ये लघुवित्त समूहबाट जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र एनईएसडीओ समृद्ध लघुवित्त वित्तीय संस्था छन् । बिमा समूहका रिलायबल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी छन् । इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्कले पनि सर्वसाधारणका लागि सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ११:४८   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।