संविधान दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहित ३० जना उद्योगी व्यवसायीलाई राज्यले विभूषित गरेको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उनिहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरिएको हो ।
गोल्छा र अग्रवाल सुप्रवल जनसेवाश्री पदवीबाट विभूषित गरिएको छ भने सोहि पदवीबाट उद्योगी राजेन्द्रकुमार खेतान, शिवरत्न सारडा, मोतीलाल दुगड, साहिल अग्रवाल र ध्रुवकुमार श्रेष्ठलाई विभूषित गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै डा. उपेन्द्र महतो, देवीप्रकाश भट्टचन, कैलाश सिरोहिया, रामेश्वर थापा, विनोदराज ज्ञवाली, सुरेन्द्रवीर मालाकार, राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल र अम्बिकाप्रसाद पौडेल पनि विभूषित भएका छन् । निर्माण व्यवसायी रमेश शर्मा, सञ्जयकुमार खेतान, सौरभ दुगड, देवकृष्ण मुण्दडा र कमलकिशोर मालपानी पनि विभूषित भएको मन्त्रालयले जनाएको छ ।
बैंकरहरुमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल र मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई पनि राज्यले मानपदवी दिएको छ । त्यस्तै बिमाक्षेत्रबाट एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलबल्लभ पन्त र शिखर इन्स्योरेन्सका सीईओ दिपप्रकाश पाण्डे पनि विभुषित गरिएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्दा ३० जना उद्योगी व्यवसायी परेका हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।





















प्रतिक्रिया