Logo

अर्थ

बीमा समितिले ल्यायो सचेतना फैलाउन भिडियो



बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो ।

करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र निर्जिवन बीमा बारेमा आम सर्वसाधारणलाई सचेतना फैलाउने सन्देश प्रवाह गर्न खोजिएको छ । उक्त जनचेतना सम्बन्धी भिडियोमा बीमा अभिकर्ताको वैवाहिक कथा समेटिएको छ ।

बीमा समितिले पहिलो पटक आफ्नै युट्युव च्यानल सञ्चालनमा ल्याएको हो । बीमा समितिको आधिकारिक युट्युव च्यालनमा आगामी दिनमा पनि बीमा सचेतना सम्बन्धी भिडियोहरु सार्वजनिक गर्दै जाने बीमा समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १५:४०   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।