प्रतिनिधि सभाबाट बजेट सम्बन्धि पारित भएका तीनवटा विधेयक राष्ट्रिय सभा पुगेको छ । आज बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ ।
अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पास गरेको थियो ।
राष्ट्रिय सभामा दलहरूबीच सहमति भए विधेयकबारे आजै सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टा समय दिइनेछ । यस अवधिमा सांसदहरूले बजेटमा संशोधन सुझाव राख्न पाउनेछन् ।
राष्ट्रिय सभाका सदस्यले विधेयकमा खर्च कटौतीको प्रस्तावसमेत राख्न पाउँनेछन् । यसमा छलफल गरिसकेपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउनेछ ।
यसपछि प्रतिनिधि सभाले सभामुखमार्फत विधेयक राष्ट्रपतिकहाँ पठाउँछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । अनि मात्र सरकारले खर्च गर्न पाउनेछ । यसरी सरसर्ती हेर्दा सरकारले अझैपनि एक हप्ता बजेट खर्च गर्न पाउने छैन । जसका कारण देश बजेट सर्टडाउनको अबस्थाबाट गुज्रिरहेको छ ।





















प्रतिक्रिया