नेपाल चेम्बर अफ कमर्सले संस्थागत प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्तोषकुमार पाण्डेको सभापतित्वमा प्रचारप्रसार तथा अतिथि सत्कार समिति गठन गरेका हुन् ।
चेम्बरले नव गठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई एक कार्यक्रमकाबीच मनोनयन पत्र प्रदान गरेको छ ।
समिति अन्य पदाधिकारी सहसभापतिमा योगेश क्षेत्री तथा सदस्यहरुमा क्रमशः पकंज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपतिदेव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, सुनिता वतासु, रमिता राजभण्डारी र रमेश ढकाल मनोनित भएका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि संस्थागत रुपमा सबैको साझा लक्ष भएकोले चेम्वरको छाता मुनी रहेर अर्थतन्त्रको बिकासको लागि योगदान दिने बताउँदै व्यवसायीहरुको वास्तबिक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गरे ।




















प्रतिक्रिया