Logo

अन्तर्राष्ट्रिय

भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने, छिमेकी पहिलो प्राथमिकतामा



भारतले अक्टोबरदेखि खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले अब विदेशमा खोप निर्यात हुने जानकारी दिएका छन् ।

भारतले खोप निर्यात गर्ने घोषणाले नेपाललाई भने राहत मिल्ने भएको छ । भारतले खोप निर्यातमा छिमेकीलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री माण्डवीयले बताए । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्नेछ । नेपालले खोप खरिदका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानीसमेत गरिसकेको छ ।

रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रलाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिए । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।

खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महीनासम्म ३ सय मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्री माण्डवीयले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १२:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।