Logo

अर्थ

साहस उर्जाको ७० करोड बराबरको आईपीओ बिक्रीमा



साहस उर्जा लिमिटेडले असोज ६ गते बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ । उक्त कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ भने १०० रुपैंया मुल्य अंकित आईपीओको कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि राखिएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले असोज ६ गते देखि १० गते सम्म आवेदन दिन सक्नेछन्

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।