काठमाडौं उपत्यकामा ४० प्रतिशत जनताले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकका आधारमा उपत्यकामा रहेका ३ वटा जिल्ला मध्ये काठमाडौं उपत्यकामा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोजको खोप लगाइ सकेका छन् ।
सरकारले असोज अन्तिम सम्ममा खोप लगाउन योग्य ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य राखेर खोप अभियानलाई अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिम सम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने प्रक्रिया अघि बढाउन निर्देशन दिई सकेका छन् ।




















प्रतिक्रिया