कोभिड पछि सरकाले गरेको लकडाउनका कारण यती एयरलाइन्सको माउन्टेन फ्लाइट बन्द भएको थियो । यती एयरलाइन्सले लकडाउन पछि रोकिएको माउन्टेन फ्लाइट अब यही असोज १० गतेबाट पुनः सञ्चालनमा आउने भएको छ ।
मौसम विदका अनुसार मौसममा सुधार हुने संकेत देखिएको छ । पर्वतीय उडानका लागि असोज महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
प्रत्येक हप्ताको आइतबार एउटा उडान हुने गरि बुकिङ खुल्ला गरेको बर्तौलाले जनाए । प्रत्येक आइतबारका लागि एटीआर–७२ विमान मार्फत एउटा माउन्टेन फ्लाइट हुने तालिका तयार गरिएको छ । यात्रुहरूको माग अनुसार उडान संख्या थप गर्दै जाने योजना बनाएको उनले बताए ।
एयरलाइन्सले नेपाली तथा भारतीय नागरिकका लागि आकर्षक भाडादरमा उडानको टिकट खरिद गर्न पाइने जानकारी दिएका छन्। बिदेशी नागरिकका लागि भने १३,२७५ भाडादर तोकिएको बर्तौलाले बताए ।
नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिकका लागि एउटा अर्काे छुट्टै प्याकेजको व्यवस्था गरेको छ ,जसमा २ वटा टिकटका लागि ९,८४८ र १४,७७५ भाडादर तोकेको छ ।




















प्रतिक्रिया