Logo

स्वास्थ्य

कोरोना अपडेट : २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण



पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घन्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा सङ्क्रमणका कारण तीन हजार १२ जनाको ज्यान गइसकेको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।