नेपाल राष्ट्र बैंकले नयाँ नोट दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । नोट हाम्रो सम्पति र सभ्यतासमेत भएको भन्दै राष्ट्र बैंकले हिफाजत नगरे प्रयोगकर्तालाई कारवाही गर्ने चेतावनी दिएको हो ।
प्रत्येक बर्ष दशैंको अवसर पारेर राष्ट्र बैंकले नयाँ नोट निकाल्ने र सर्वसाधारणलाई वितरण गर्ने काम गर्दै आएको छ । राष्ट्र बैंकले अहिले दशैंका लागि धमाधम नयाँ नोट बाँडिरहेको परिवेषमा आम सर्वसाधारणलाई जनतसँग नोटको प्रयोग गर्न आग्रह गरको छ । नयाँ नोटको हिफाजत गर्न र डिजिटल कारोबार गर्न राष्ट्र बैंकले जोड दिएको छ ।
राष्ट्र बैंकले नोटलाई जोगाइराख्न केरमेट नगर्न, सुकिला नोटको प्रयोग गर्न र मैलो नपार्ने बानी बसाल्न मनिव्यागको प्रयोग गर्न प्रयोगकर्तासँग आग्रह गरेको छ । राष्ट्र बैंकले भुक्तानी दिँदा विद्युतीय कारोबार गर्न, वार्ड वा ई—वालेटको प्रयोग गर्न भनेको छ ।
नयाँ नोटमा स्टीच लगाउन नहुने, स्टीचले नोट च्यातिने र आयु घट्ने हुन्छ भने नोटमा पानी, दूध, रगत नपार्न पनि आग्रह गरेको छ । भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोट फेल पारे राष्ट« बैंकमा जानकारी दिन पनि आग्रह गरेको छ ।





















प्रतिक्रिया