Logo

समाचार

कोरोना भाइरसको संक्रमण एक वर्षभित्र अन्त्य हुने ?



विगत लामो समय करिब डेढ वर्षभन्दा बढी समयदेखि नै चलिरहेको कोरोनाको लहरका कारण सारा संसारलाई नै अस्तव्यस्त बनाएको छ ।
कोरोना भाइरसको महामारीले हाम्रो जीवनलाई समेत प्रभावित बनाइ एउटा कठिन परिस्थिती सिजृना गरेको छ । यसले हाम्रो अध्ययनदेखि लगेर कामकाज, व्यापारदेखि जागिरसम्म सम्पूर्ण कुरामा कोरोना भाईरसले गहिरो छाप पारेको छ ।

यस्तो अवस्थामा सबैको मनमा एउटै प्रश्न उत्पन्न भई खेलिरेको छ । आखिर यो कोरोनाको महामारीको संकट कहिले सकिन्छ त रु
यस बारेमा प्रख्यात खोप निर्माताले एउटा ठूलो दावी गर्नु भएको छ।

मोडर्ना खोप निर्माताका तथा कम्पनीका मुख्य कार्यकारी स्टीफन बन्सेलका अनुसार कोरोना भाइरस महामारी अब एक बर्षमा समाप्त हुने बताएका छन् ।
उनले स्विस पत्रिका नीयू जुएर्चर जितुङलाई खोप उत्पादनमा वृद्धि भएकाले खोपको वैश्विक आपूर्ति तिव्रताका साथ हुने जानकारी दिए । तसर्थ खोप संसारको सबै कुनामा तिव्रताका साथ पुग्न सक्ने उनको दाबी छ ।

पछिल्लो छ महिनाको खोपको उत्पादन क्षमतालाई हेर्ने हो भने अब एक वर्षको मध्यसम्म पर्याप्त डोज उपलब्ध हुनु पर्छ, जसले संसारमा रहेका सम्पूर्णलाई खोप लगाउन सकिने छ ।

यति मात्र होइन, जसलाई बूस्टर डोजको आवश्यकता छ, उनीहरुलाई पनि खोप लगाउन सकिने र चाँडै नै शिशूहरुका लागि समेत कोरोनाको खोप उपलब्ध हुने बताए ।

जुन व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेका छैनन्, उनीहरु स्वभाविक रुपले नै आफूलाई प्रतिरक्षित गर्नेछन्, किनभने डेल्टा भेरियन्ट अति नै संक्रामक र फ्लूजस्तो स्थितिमा रहने छ ।

हामीले कि त खोप लगाउन सक्ने छौं वा भाइरसबाट संक्रमित भएर प्रतिरक्षा पाउन सक्ने छौं ।
त्यसैले आजको जस्तै स्थिती रह्यो भने आगामी एक वर्षमा कोरोनाको महामारी अन्त्य भएर जाने छ भनेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १६:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।