स्वास्थ्व तथा जनसंख्य मन्त्रमलयका अनुसार आज देशभर १,२३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । देशभरका विभिनन अस्पतालमा १५२४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । आज सम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९६ प्रतिशत छ ।
संक्रमणबाट थप १३ जनाको निधन भएको छ । कोरोनाबाट ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
नेपालमा २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया