Logo

अर्थ

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थालाई संस्थापक सेयर बिक्री नगरेसम्म लाभांश वितरणमा रोक



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थापक सेयर लगानी बिक्री नगरेसम्म लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैकले अब इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी (क्रसहोल्डिङस) बिक्री नगरेसम्म नगद तथा सेयर लाभांश वितरणमा रोक लगाउने ब्यवस्था गरेको हो ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधिलाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुन बमोजिम स्थापना भएका बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाहरुले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा गरेको लगानी बिक्री गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर वितरण गर्न रोक्का हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ११:४६   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।