Logo

अर्थ

सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घट्यो



नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज शुक्रबार प्रतितोला सुनको मुल्य ११,००रुपैयाँका दरले घटेको छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९०,१०० रुपैयाँ थियो ।

हिजो ५०० रुपैयाँले घटेर प्रतितोला ८९,६०० रुपैयाँमा कारोबार भएको थियो । आज फेरि थप ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आज ६०० रुपैयाँले घटेर ८८,५५० रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँका दरले ले घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११५५ रुपैयाँमा कारोबार भएको थियो । आज ११६० रुपैयाँमा बिक्री हुदै छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।