Logo

अर्थ

सिद्धार्थ बैकद्वारा जोन्टा क्लबलाई करिब ५ लाख सहयोग हस्तान्तरण



सिद्धार्थ बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई करिब ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले घरेलु हिंसाविरुद्ध जागरुकता फैलाउने क्लबको अभियानमा सहयोग पुर्याउने उदेश्यले ४ लाख ९७ हजार २ सयको चेक हस्तान्तरण गरेको हो ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गर्दै आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्र र समुदायलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

क्लबकी अध्यक्ष गोल्छाले हिंसामा परेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको जानकारी दिंदै बैंकले गरेको सहयोगप्रति आभार प्रकट गरिन् । । क्लबले ललितपुर महानगरीय प्रहरी १०० हेल्पलाइनसंग पनि सहकार्य गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १३:१४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।