Logo

पुष्प र साम्राज्ञीको‘मारुनी’ यूट्युबमा सार्वजनिक



बुढासुब्बा डिजिटलले चलचित्र ‘मारुनी’ यूट्युबमा सार्वजनिक गरेको छ । महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘मारुनी’ हिजो  (बिहीवार) यूट्युबमा सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको केही घन्टामै यो चलचित्र नेपालमा ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म यूट्युब ट्रेन्डिङमा नम्वर ७ आइपुगेको छ । चलचित्र भण्डै चार लाख जनाले हेरीसकेका छन् ।

चलचित्र ‘मारुनी’ गतबर्षको भदौमा रिलिज गरिएको थियो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

गतवर्ष पनि दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको सो चलचित्रले यूट्युबमा पनि राम्रो प्रतिक्रिया पाएको छ ।

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।