कुमारी बैंकले आफ्नो २०औं बार्षिकोत्सबको अवसरमा महिला हिंसा प्रतिकार एवं आत्मरक्षासम्बन्धी प्रशिक्षण संचालन गरेको छ । बैंकले ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरण’ को उद्देश्यसहित देशका विभिन्न स्थानमा महिलाहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
महिलाहरूलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई आत्मबल उच्च बनाउने उद्देश्यसहित प्रशिक्षण संचालन गरिएको बैंकले जनाएको छ ।
महिलामैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखी कुमारी बैंकले कारोबार गर्दै आएको छ । उक्त प्रशिक्षणबाट महिलाहरूमा थप जागरूकता, मौखिक रक्षा, झुटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानुनी रक्षासम्बन्धी विषयमा प्रशिक्षित दिई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षासम्बन्धी जनचेतनामा समेत विस्तार हुनेमा विश्वास बैंकले लिएको छ ।
बैंकले सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरी सकेको छ भने अन्य प्रदेशहरूमा क्रमशः सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।





















प्रतिक्रिया