Logo

अटो

यामाहा एक्सचेञ्ज मेला, सुनको तास जित्ने अवसर



यामाहा एक्सचेञ्ज मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । आज शुक्रबारबाट शुरु भएको एक्सचेञ्ज मेला असोज १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यामाहा एक्सचेञ्ज सहभागी हुनेले तीन वटा एक्का अंकित सुनको तास जित्नेछन् । उक्त सुन जित्न आफूसँग भएका जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गराउनु पर्नेछ ।

एक्सचेञ्जमा सहभागी भएकाहरु मध्येबाट लक्कि ड्र मार्फत उक्त पुरुस्कार जित्न सकिनेछ । एक्सचेञ्ज मेलामा सुनको तास जित्ने भाग्यशाली बिजेता बन्न यामाहले आग्रह गरेको छ ।

त्यतिमात्र नभएर ग्राहकको सजिलोको लागि यामाहाले तत्काल नगद ब्यवस्था गर्न गाह्रो भए जिरो प्रतिशत ब्याजदरमा फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ ।

मेला अवधिभर कुनैपनि पुरानो मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरे त्यसको उच्चतम मुल्यांकन दिइने हुँदा ग्राहकले भरपुर लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  ४ : ५७ बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।