आज साताको पहिलो दिन सेयर बजार नेप्सेमा ६१ अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा ओरालो लागेको छ ।
आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा पुगेका छन् । सबैजसो समूहहरू घटेर राताम्मे हुँदा एउटा म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ । म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको र सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले घटेको छ।
२३३ कम्पनीको एक करोड ४४ लाख कित्ता भनदा माथिको सेयर ७३,६९३ पटक किनबेच गरिएको बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ





















प्रतिक्रिया