Logo

कर्पोरेट फोकस

सरकारको निर्णयले पर्यटन व्यवसायी उत्साहित, हानले गर्यो स्वागत



कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने गरी सरकारले गरेको निर्णयको नेपाल होटल एसोसिएसन संघ (हान) ले स्वागत गरेको छ । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता सहजिकरण गर्ने निणर्य गरेकाले हानले स्वागत गरेको हो ।

हानले आज एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई नेपालमा अनअराइभल भिसा उपलब्ध गराउने र पीसीआर परिक्षण नेगेटिभ भएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जस्ता निणर्य गरेकाले व्यवसायीमा उत्साह छाएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘सरकारको यो निणर्यबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको छ । साथै विदेशबाट खोपको पूर्णमात्रा पूरा गरी भ्रमणमा आउने पाहुनाहरूलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध गराइनेछ ।’

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थासम्बन्धी सरकारबाट जारी आदेश २०७८ को शीघ्र पूर्णरूपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरूमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १५:३६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।