पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षणमा ९०४ र २ हजार ३ सय ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।
वितेको २४ घण्टामा कोरोना संक्रमित १२ जनाले ज्यान गुमाएका छन् भने मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३ सय १८ जना कोरोना निको भएको मन्त्रालयले बताएको छ ।




















प्रतिक्रिया