Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर



राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास ब्याक अफर ल्याएको छ । आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पीओएसको माध्यमवाट विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न क्यास ब्याक अफर ल्याएको हो ।

बैंकले प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।

बैंकको हाल सातै प्रदेश र ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १७:२०   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।