Logo

प्रमुख समाचार

माओवादी नेता वर्षमान पुनलाई बैंकक लगिँदै



नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।

उनको सुमेरु अस्पतालमा उपचार हुँदै आएका थियो ।​

जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।