नेपाली बजारमा सुनको मूल्य आइतबार सामन्य वृद्धि भएको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




















प्रतिक्रिया