Logo

कर्पोरेट फोकस

जलविद्युत आयोजना निर्माणमा सनराइज बैंकको अगुवाई



रसुवाको स्याफुबेशीमा रहेको लाङटाङ खोला जलविद्युत आयोजना निर्माणको लागि सनराइज बैंकले अगुवाई गर्ने भएको छ । सनराइजको अगुवाईमा सिद्धार्थ बैंक र एनसीसी बैंकको सहभागिता रहने आयोजनामा साँढे ३ अर्बभन्दा माथि लगानी गर्ने सम्झौता भएको छ ।

विद्युत प्रवद्र्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा.लि. र बैंकबीच असोज ११ गते वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्य स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष समेत हुन् ।

२० मेगावाट क्षमताको आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निर्माण कार्य पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १४:१६   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।