नबिल बैंकलाई लगातार दोस्रो पटक एशियाली विकास बैंक (एडीबी)ले ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्ड प्रदान गरेको छ । बैंकलाई २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड प्रदान गरिएको हो ।
सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गरेको थियो ।
एशियाली विकास बैंकको व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।
एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।





















प्रतिक्रिया