आज नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढे सँगै आज छापवाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोेकिएको छ ।
त्यस्तै, आज तेजावी सुन ८९ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापवाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १ हजार १ सय ४० रुपैयाँ तोकिएको छ भने बिहीबार पनि चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया