नेपालका लागी दक्षिण कोरियाका नवनियुतm राजदूत पार्क सीसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र पदाधिकारी वीच छलफल भएको छ । छलफलमा राजदूत सी आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकाशमा, वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने र वैदेशिक रोजगारीकोलागी सरल सहज व्यवस्थाकोलागी अगाडी बढ्ने बताए ।
उनले कोभिड १९ को विश्वव्यापी महामारीवाट कुनै पनि मुलुक अछुतो नरहँदा विश्व अर्थतन्त्र नै प्रभावित भएको बताउँदै प्रभावलाई समेत ध्यानमा राखि काम गर्ने बताए ।
सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुतm राजदूत सुकको नेपालमा स्वागत तथा कार्यकालको सफलताको कामना गर्दै, चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यवशायिक समुदायमा व्यापार विकाश र पैरवी गरि रहेको बताए ।
सन् २०१५ देखि चेम्बर एक्पो नियमित रुपमा गरि रहेको, दक्षिण कोरिया संग कुटनीतिक संम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनीय विकाश भएको तर नेपालबाट दक्षिण कोरिया संग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै सन् २०१७÷२०१८ मा निर्यात केवल १६ लाख अमेरिकी डलर वरावर भएको र आयात ९ करोड ७३ लाख अमेरिकी डलर वरावर भै ठूलो व्यापार घाटा सहनु परेको बताए ।
दक्षिण कोरिया संग इलेक्ट्रेनिक्स,होटल,केमिकल उद्योग,औषधि र मिनरल वाटरमा संयुतm लगानीका परियोजना संन्चालनमा रहेको र ३५७ व्यापारिक प्रतिष्ठानवाट करीव रु. १२ अरव ५७ करोड ४० लाख वरावरको व्यवशायिक औद्योगिक लगानी दक्षिण कोरियाबाट आएको बताए ।
दुबै देश वीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण,कृषि क्षेत्रको विकाश,कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे ।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दीपक कुमार मलहोत्रा समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया