कास्की स्थित पोखरामा ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुम्बाका नाममा चन्दा उठाएर ठगी गर्दै गर्दा उनिहरुलाई पोखरा महानगरपालिका १ नयाँगाउ मितेरीटोलस्थित मितेरीपुलनजिक चन्दा उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए।
उक्त ठगीमा संलग्न रहेका मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडाका ४२ वर्षीय छीरिङ भन्ने निमा तामाङ, ६० वर्षीय धनबहादुर लामा, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जितबहादुर पक्राउ परेका हुन्।
लामा पोशाक लगाएर रौतहटको टाशी छोग्याल गुम्बा, गजुरा नगरपालिका २ कटानी रसिद लिई अवैधरुपमा रकम उठाएर उनीहरुले ठगेको प्रहरीले जानकारी दिएको छ ।
उनिहरुलाईल जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुको साथमा चन्दा बापत उठाएको ४२ हजार ४ सय ९१ रुपैयाँ रसिद, बिभिन्न फाइल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले फेला पारेको छ ।




















प्रतिक्रिया