महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी सचेतना फैल्याउन विराटनगर र धनगढीमा ‘युवासँग’ कार्यक्रम संचालन गरेको छ । इन्स्योरेन्सले आज युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले युवासँग) कार्यक्रम संचालन गरेको हो ।
सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले बीमाको महत्व बारे जानकारी दिए ।
प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरियो ।
त्यसैगरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि (युवासँग) महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए ।





















प्रतिक्रिया