Logo

समाचार

नेपालमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु



वितेको २४ घण्टामा ८ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ५ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षणमा ६ सय ५९ र २ हजार ६ सय २१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ८ जनामा कोरोना पुष्टि भएको बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने मुलुकका विभिन्न अस्पतालबाट १ हजार १ सय २३ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा थप दुई २ सय ५५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिए सँगै निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १७:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।