नेपाल दूरसंचार प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेकोमा विद्युत प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ ।
विद्युत प्राधिकरणले मुलुकभर विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध पार्ने कार्य भएकाले दूरसंचारले एक सूचना जारी गर्दै अतिआवश्यक सेवा अवरुद्ध गरे कारवाही गर्ने चेतावनी दिएको हो ।
ठाउँठाउँमा इन्टरनेट सेवा अवरुद्ध अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दूरसंचारले संचार तथा सूचना प्रविधि मन्त्रालय, दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा इन्टरनेट सेवा अवरुद्ध गर्नु दूरसंचार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था रहेको उल्लेख गरेको छ ।
‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवादले अप्टिकल फाइबर काटिदा राज्यको अतिआवश्यक सेवा अवरुद्धै भएको दूरसंचारले जनाएको छ ।
विवाद समाधन तथा इन्टरनेट सुचारु गर्न दूरसंचार प्राधिकरणले सबै पक्षको आपसी छलफलमार्फत निकास निकाल्नसमेत आग्रह गरेको छ ।






















प्रतिक्रिया