लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णयसहित राष्ट्र बैंकमा बित्तीय विवरण स्विकृतिका लागि पेश गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र मूनाफाबाट लाभांश वितरणमा स्विकृती दिन राष्ट्र बैंकमा आवेदन दिइसकेको छ ।
लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनश सेयर दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले करसमेत गरी ७.३७ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ ।
कम्पनीले नगद तथा बोनश सेयर दिने निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको जनाएको छ ।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले सेयरधनीलाई बोनस सेयर दिनेछ ।





















प्रतिक्रिया