नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी सार्वजनिक सूजना जारी गरेको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०७८ कार्तिक २ गतेदेखि आगामी २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि मुद्दती निक्षेपमा बैंक तथा वित्तीय संस्थालाई ब्याजमा लगानी गर्ने जनाएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त बुझाईसक्नु पर्नेछ ।
‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकहरुका लागि ८ करोड ४० लाख छुट्याएर बाँकी रहेको २ करोड ८० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई छुट्याएको सूचनामा उल्लेख छ ।
यद्यपि, लगानीका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरूलाई शर्तहरु राखेको छ ।
























प्रतिक्रिया