Logo

स्वास्थ्य

कोरोना संक्रमित घट्दै निको हुनेको संख्या बढ्दै



नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १० हजार ९ सय २० जनामा कोरोना परीक्षण गर्दा ६ सय ७९ जना संक्रमित थपिएका छन भने
संक्रमितको संख्याको दोब्बर १४ सय ५ जना संक्रमणमुक्त भएका छन् । ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् भने हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १७:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।