Logo

कर्पोरेट फोकस

ग्रीनलाईफ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्दैछ कारोबार ?



ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १ करोड ८० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । उक्त सूचिकृत शेयरमा कम्पनीको संस्थापक र पब्लिक शेयर समावेश गरिएको छ ।

कम्पनीले हालसालै ३४ करोड ९६ लाख रुपैयाँ बराबरको ४ लाख ९६ हजार ४ सय कित्ता शेयर पब्लिकका लागि निष्काशन गरेको थियो । उक्त कम्पनीको आइपीओमा १३ लाख १९ हजार ५९ जनाले २ करोड २६ लाख ३३ हजार १ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । जुन मागभन्दा ६ दशमलव ९८ गुणाले धेरै हो । शेयर बाँडफाँड गर्दा ९ लाख ९३ हजार ८ सय ९४ जनाले शेयर पाउन सकेनन भने ३ लाख २५ हजार १ सय ६५ जना १० कित्ताका दरले शेयर हात पार्न सफल भए ।

कम्पनीकाअनुसार शेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ । कम्पनीले ९९ रुपैयाँ ६७ पैसादेखि २ सय ९९ रुपैयाँ १ पैसा सम्मको मूल्यमा कारोबार गर्न सक्ने अनुमती पाएको छ । मंगलबारको प्रि ओपेनिङ सेसनमा पहिलो कारोबार सम्भव भएको अवस्थामा सोही दिनबाट उक्त कम्पनीको कारोबार हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।