आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य स्थीर भएको छ। नेपाल सुनचाँदी व्यवसायका अनुसार आज छापावाल सुन हिजो आईतबारको मूल्य अर्थात् प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने तेजावी सुन आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि स्थीर भएको छ । आज चाँदी तोलाको १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





















प्रतिक्रिया