Logo

गौरव पहारी र लक्ष्मी बर्देवा फिचर्ड ‘लाहुरे’ सार्वजनिक



गौरव पहारी र लक्ष्मी बर्देवा फिचर्ड म्युजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । यो गीतमा चन्द्र सिंह घले र रानी शाक्यको स्वर छ भने चन्द्रकै शब्द तथा सङ्गीत छ । भिडियोलाई निशान कश्यपले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा निशानकै सम्पादन छ । शैलेन्द्र प्रधान ‘बाबु’ को सङ्गीत संयोजन रहेको गीतमा नन्द अधिकारीको शृङ्गार रहेको छ । गौरव र लक्ष्मी चलचित्र घिन्ताङमा समेत एक साथ देखिँदै छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।