Logo

महिला लघुवित्तले ९३९ रुपैयाँसम्म कारोबार खुलाउन पाउने 



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ ।
 
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० देखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको थियो ।
 
उक्त आइपीओको मागमा ६३ दशमलव १८ गुणा धेरै आवेदन परेको थियो । ३७ हजार ५ सय जनामा १० कित्ताका दरले बाँडफाँड भएको शेयरमा १५ लाख ३६ हजार ६ सय ८२ जनाको आवेदन परेको थियो ।
 
महिला लघुवित्त संस्था नेप्सेमा सूचीकृत भए लगत्तै प्रथम कारोबारका लागि नेप्सेले ३१३ रुपैयाँ १६ पैसादेखि ९ सय ३९ रुपैयाँ ४८ पैसासम्मको मूल्यमा कारोबार गर्न सक्ने अनुमति प्रदान गरेको छ । 
 

प्रकाशित मिति : चैत्र १, २०७७ सोमबार  ५ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।