Logo

अर्थ

रिलायन्स लाईफको लाभांश वितरण गर्ने प्रस्ताव



रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७/०७७ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत रकम छुट्याएको जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

उल्लेखित पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ११:२२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।