राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप विस्तार गर्न बैंककले शाखा संचलनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले थप ७ वटा शाखा संचालनबाट सर्वसाधारण र व्यवसायीले आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।
थप गरिएका नयाँ शाखाहरुमा बाग्मती प्रदेश अन्तर्गत काठामाडौं चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा रहेका छन् ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
शाखा कार्यालय विस्तारपछि बैंकको शाखा संख्या २५४ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालयसहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।





















प्रतिक्रिया