Logo

अर्थ

गोकर्णेश्वरमा सानिमा बैंकको नयाँ शाखा उद्घाटन



सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको शाखा कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ शाखा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १६:२६   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।