Logo

अर्थ

सांग्रिला विकास बैंकद्वारा लाभांश वितरण प्रस्ताव



सांग्रिला विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ११:४५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।