नेपालमा पछिल्लो २४ घण्टामा अझ थप १ हजार ४३ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा रहेका विभिन्न अस्पतालका प्रयोगशालामा गरएिको १५ हजार चार सय ६५ जनाको नमुना परीक्षणमा पीसीआर विधिको परीक्षणबाट ८ सय ४९ जना र एन्टिजेन विधिको परीक्षणबाट १सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
बितेको २४ घण्टामा ८ सय ९१ जना कोरोना निको भएका छन् । थप १२ जना कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । मुलुकमा हाल कोरोनामुक्त हुनेको संख्या ७ लाख ७२ हजार २ सय २९ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया