Logo

स्वास्थ्य

८ सय ५ कोरोना संक्रमित थपिए, ९ सय ११ जना कोरोना संक्रमणमुक्त



बितेको २४ घण्टामा ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ७ हजार २ सय ६४ जनाको पीसीआर परीक्षणमा ६ सय६७ जना र ३ हजार ४ सय ८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाका कारण थप ८ जना संक्रमितले ज्यान गुमाएका छन् भने विभिन्न अस्पतालबाट ९ सय ११ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १७:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।