Logo

विचार / ब्लग

मन्दिर वरिपरि मागेर खानेहरुतिर सरकारको गएन् ध्यान, उनीहरुलाई चाहि दशैं नआएको हो र ?



विजयादशमी लगभग सुुरु भइसकेको छ । घटनास्थापना लागेसंगै दशैंको आगमन भएको हो । घटनास्थापनाको दिन बिहीबार हामीले विभिन्न मन्दिरहरुको घुइचोँ देख्यौ । हनुमान ढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीको मेजर असिम श्रेष्ठ पनि देखापरे ।

यता, बडादशैंको पहिलो दिन भन्दै देशभरका शक्तिपीठहरुमा निकै भीड देखियो । उपत्यकामा मात्रै नभई देशभरिका मन्दिरमा जमरा राखियो । कालिका मन्दिरमा त जौ र मकैको जमरा राख्नको लागि भक्तजनहरुको घटनास्थापनामा निकै भीड थियो । घटनास्थापनाको दश दिनमा दशमी हुन्छ । दशमीको दिन घरघरमा जमरा चाहिन्छ । टीका र जमराको प्रयोग गरि दशैं मनाइन्छ । घटनास्थापनामा दर्शन गर्न जानुको महत्व नै अर्कै हुन्छ । हिन्दु धर्मालम्बीहरुमा दशैंको छुट्टै महत्व र महिमा छ । महिमाको कारण पनि मन्दिरमा चर्को भीड देखियो ।

हामी भगवानप्रति आस्था राख्छौ । जुन राख्नु पनि जरुरी छ । हरेक मान्छे कुनै न कुनै धर्मसंग जोडिएको हुन्छ । हामी भगवानसंग जोडिएका मात्रै छैनौ । भगवान प्रति आशावादी पनि छौं । भगवानलाई मानौं भने आफ्नो इच्छा पुरा हुन्छ भन्ने विश्वास हामीमा छ ।

आफ्नो इच्छा पुरा गर्न पनि हामी भगवानको गाना गाउछौ । हामी कति सामन्ती, लाभी छौ । यहीबाट पत्ता लगाउन सक्छौँ । अरु बेलाभन्दा पनि आफुलाई आवश्यक परेको र चाडपर्व आएको बेला आमी भगवानको नाम जप्छौ । मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हौ ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार