Logo

स्वास्थ्य

नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोशालामा २४ घण्टाभित्र जम्मा १२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार ६ हजार १ सय ६८ जनाको पिसिआर परीक्षणबाट र ५ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० जना नयाँ संक्रमित थपिएका हुन्।

हाल मुलुकमा १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमणबाट ८ सय ९९ जना निको भएको मन्त्रालयले जनाएको छ।

यसैगरी कोरोनाबाट निको हुनेको दर ९६।७ प्रतिशत छ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १७:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।