Logo

अर्थ

दिनको दिन बढ्न थाल्यो सुनको भाउ, कसरी हुँदैछ कारोबार ?



आज साताको पहिलो दिन बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा १ सय रुपियाँका दरले बृद्धि भएको जनाएको छ ।

सुनको भाउ आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कायम भएको छ भने शुक्रबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १३:०२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।