Logo

अर्थ

शिवम सिमेन्ट्सले २९ प्रतिशत लाभांश दिने, बोलायो कात्तिक १६ गते साभारणसभा



शिवम सिमेन्ट्सले गत आर्थिक २०७७/०७८ वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले १६ कात्तिकमा होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । शिवमले दिन लागेको यो हालसम्मकै धेरै लाभांश हो ।

गत आर्थिक वर्षमा कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतको एजेन्डा छ ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागि हुन इच्छुक शेयरधनीहरूलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले ८ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  १ : ११ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।